Advertisement

२४ घण्टामा थप २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु


काठमाडौं । नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ७ लाख २४ हजार ४५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ७१५ जनाको पीसीआर र ३ हजार ९०१ जनाको एन्टिजेन गरि जम्मा १२ हजार ६१६ जनाको कोरोना परीक्षण भएको थियो ।

६ लाख ३६ हजार ४०२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ७५ संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोनाबाट थप ३० संक्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३० संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६३७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement