Advertisement

थपिए आज ३ हजार १०८ कोरोना संक्रमित, २५ जनाको मृत्यु


काठमाडौं । नेपालमा थप ३ हजार १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ७ लाख २१ हजार ६१७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार १३५ जनाको परीक्षण भएको जनाएको छ । जसमा ३ हजार १ सय ८ जनालाई पोजेटिभ देखिएको हाे ।

६ लाख ३४ हजार ९२७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ९५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौं उपत्यकामा ७४७ संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो समय ७४७ संक्रमित थपिएका छन् । काठमाडौंमा ५३१, ललितपुरमा १४७ तथा भक्तपुरमा ६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट थप २५ संक्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २५ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement