Advertisement

थपिए एक हजार ९६ काेराेना संक्रमित, १२ जनाको निधन


काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ९१६ जनामा कोरोना परीक्षण गर्दा एक हजार ९६ जनामा संक्रमण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित ११ हजार ८१५ जना रहेका छन् । ५०० भन्दाबढी संक्रमित भएका जिल्ला चार र २०० भन्दाबढी संक्रमित भएका जिल्ला १७ रहेका छन् । पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । संक्रमण दर १८.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार चार जना संक्रमणबाट निको भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमण सात लाख ८३ हजार ३९७ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको छ ।

यसैगरी आज कोरोना संक्रमणबाट १२ जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ३०५ जनाको निधन भएको छ । होम आइसोलेसन १० हजार ८६६, संस्थागत आइसोलेसनमा ९४९ जना , सघन उपचार कक्षमा २६७ र भेन्टिलेटरमा ८६ जना रहेका छन् ।

आज एक लाख ६३ हजार २६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ६२ हजार ३६५ पहिलो मात्रा र ६४ लाख ८५ हजार ९२३ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement