Advertisement

थप २ हजार ४४५ जनालाई कोरोना पुष्टि, ३२ संक्रमितको मृत्यु


काठमाडौं । नेपालमा थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ७ लाख १८ हजार ४९४ पुगेको छ ।

७८ सय ३३ को पीसीआर र ३८ सय ३१ जनाको एन्टीजेन परीक्षण भएको छ । जसमा १६ सय ४२ जनालाई पीसीआर र ८०३  जनालाई एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भएको छ ।

हालसम्म ६ लाख ३३ हजार ३३२ जना  कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ५८ जना  संक्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौं उपत्यकामा ४७४ संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो समय ४७४ संक्रमित थपिएका छन् । काठमाडौंमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट थप ३२ संक्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३२ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ५८२ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement