काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोहि अवधिमा २ हजार २०६ जना कोरोनामुक्त भएका छन् । अब नेपालमा कोरोना मुक्तहुनेको संख्या २ लाख २४ हजार ५३ पुगेमो मन्त्रालयले जनाएको छ । अहिले नेपालमा १४ हजार २५५ जान संक्रिय संक्रमित रहदा ५ सय ३६ जना क्वारेनटाइनमा छन् ।

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । अहिलेसम्म देशभरि १,५७७ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अहिले सम्म नेपालमा १७ लाख ७८ हजार २४ जनामा पीसीआर बिधिबाट कोराना परीक्षण गरिएको छ ।