Advertisement

२४ घण्टामा थप १ हजार ८०१ जनामा काेराेना पुष्टि, २३ जनाको मृत्यु


काठमाडौं । नेपालमा थप एक हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या सात लाख १६ हजार ४९ पुगेको छ ।

थप छ हजार ६२८ को पीसीआर परीक्षण तथा तीन हजारको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट एक हजार २२३ तथा एन्टिजेनबाट ५७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म छ लाख ३२ हजार ७४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६७ संक्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौं उपत्यकामा ३३४ संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो समय ३३४ संक्रमित थपिएका छन् । काठमाडौंमा २३४, ललितपुरमा ६४ तथा भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट थप २३ संक्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ५५० पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement