Advertisement

२४ घण्टामा थपिए १ हजार ८७५ काेराेना संक्रमित, २१ जनाको मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ७५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ६६ जनाको परीक्षण भएकोमा १ हजार ८ सय ७५ जनालाई संक्रमण देखिएको जानकारी दिएको छ । यस्तै सोही अवधिमा २ हजार १ सय ६४ जना निको भएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

६ हजार ८ सय ५८ जनाको पीसीआर र ३२ सय ८ को एन्टीजेन परीक्षण भएको छ । जसमा १ हजार ३१० जनालाई पीसीआर र ५६५ जनालाई एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिले सक्रिय संक्रमित २५ हजार ९५२ जना छन् । हालसम्म नेपालमा ७ लाख १४ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् । देशभर कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement