Advertisement

थपिए आज १ हजार ४ सय ८६ कोरोना संक्रमित, १६ जनाको मृत्यु


काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४८६ जनालाई संक्रमण पुष्टि भएको तथा १ हजार २६० जना निको भएका छन् । सोही अवधिमा १६ जनाको मृत्यु भएको छ ।

१२ हजार ५३२ जनाको पीसीआर र ४ हजार ७ जनाको एन्टीजेन गरि १६ हजार ५३९ जनाको कोरोना परीक्षण भएको छ । अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये ४७५ जना आइसियु र १३४ जना भेन्टिलेटरमा छन् ।

यसैबीच आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ४२६ जना रहेका छन् । ३०१ जना काठमाडौं, ६८ ललितपुर र ५७ जना भक्तपुरमा थपिएका छन् ।

हालसम्म नेपालमा ८ लाख ६५ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको छ भने ७ लाख ४० हजार ७१७ जना निको भएका छन् । यस्तै १० हजार ९६५ जनाको मृत्यु भएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement