Advertisement

२४ घण्टामा थपिए ३६५ काेराेना संक्रमित, ४ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३६५ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार ५९४ जनामा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८ लाख ३ हजार ९१७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६०९ जना निको भएको मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म नेपालमा ११ हजार २६१ जनाको कोरोनाबाट मृत्यु भएको छ । नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा १६३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १२२, ललितपुरमा २९ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement