Advertisement

२४ घण्टामा थप २ हजार ४ सय ७ जनालाई कोरोना पुष्टि, ४६ जनाको मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ जना कोरोना मुक्त भएका छन् । सोही अवधिमा कोरोनाका कारण ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले सो जानकारी दिनुभएको हो । सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९ सय ५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ५ सय १७ पीसीआर र ४ हजार ८७९ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४०६ परीक्षण भएको छ । जसमा पीसीआरमा १ हजार ६ सय ९४ र एन्टीजेनमा ७१३ जनालाई पोजेटिभ देखिएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement