Advertisement

आज थपिए २ हजार ३९८ काेराेना संक्रमित, १२ जनाको मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३९८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५८ पीसीआर र ३ हजार ९५४ जनाको एन्टीजेन गरी ११ हजार १२ जनाकाे परीक्षण भएकाे थियाे जसमा २ हजार ३९८ जनामा संक्रमण देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् भने १२ संक्रमितको मृत्यु भएको छ । नेपालमा  हालसम्म कोरोना संक्रमितको संख्या ७ लाख ३ हजार ८५६ पुगेको छ ।

जसमध्ये ६ लाख २३ हजार १०५ जना निको भएका छन् भने ९ हजार ४१२ जनाको मृत्यु भएको छ । नेपालमा अहिले सक्रिय संक्रमित २६ हजार २६१ जना रहेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement