Advertisement

थपिए ९११ कोरोना संक्रमित, १३ जनाको मृत्यु


काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा मन्त्रालयको जानकारी अनुसार ८३८ पीसीआर परीक्षणबाट  र ७३  एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षण र ३  हजार ११० एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जम्मा परीक्षण ११ हजार १८ गरिएको छ ।

१ हजार ४२३  जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २६  हजार ७७५ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ७७ हजार १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८६ हजार ६९४  पुगेको छ ।

हालसम्म ७ लाख ३९ हजार ४५७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९४९ पुगेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement