Advertisement

पछिल्लो २४ घण्टामा थपिए ६९१ कोरोना संक्रमित, १४ जनाको मृत्यु



काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ६९१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९१ जनालाई कोरोना  संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८ लाख ३ हजार ५५२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ९१० जना निको भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा १ हजार १५७ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ । त्यस्तै ७ लाख ७७ हजार ७४१ जना निको भइसकेका छन् ।

हाल नेपालमा १४ हजार ५५४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै २३१ जना क्वारेन्टिनमा रहेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement