Advertisement

९९४ जनामा काेराेना संक्रमण, १२ को मृत्यु


काठमाडाैं । देशभर ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा नौ हजार ८४० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमित सङ्ख्या २७ हजार ३५५ छ । पाँच सय बढी सक्रिय संक्रमित भएका जिल्ला १३ र २०० बढी सक्रिय संक्रमित भएका जिल्ला २१ छन् । आज एक हजार ३६८ जना संक्रमणमुक्त भएका छन् ।

यस अवधिमा संक्रमणबाट १२ को ज्यान गएको छ । हालसम्म १० हजार ९३६ को संक्रमणबाट मृत्यु भएको छ । चार सय ५६ सघन उपचार कक्ष, एक २२ भेन्टिलेटर, २५ हजार ७०८ होम आइसोलेशन, एक हजार ६४७ संस्थागत आइसोलेशन र ३१७ कोरोना संक्रमित क्वारेन्टिनमा छन् ।

मन्त्रालयलका अनुसार आज ६८ हजार ६३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै ५७ लाख ६९ हजार ३२८ जनाले पहिलो मात्रा र ५१ लाख ६० हजार ५२४ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement