Advertisement

थपिए ७८५ काेराेना संक्रमित, १२ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८५ संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार १९५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पाइएको हो ।

थपिएकासँगै देशभर सक्रिय संक्रमित १४ हजार ७८७ जना रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० रहेका छन् ।

पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । संक्रमण दर १८.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७६ हजार ८३१ रहेको छ ।

नेपालमा संक्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार २४३ जनाको निधन भइसकेको छ ।

आज एक लाख २७ हजार ५३२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८३ लाख १७ हजार ९०२ पहिलो मात्रा र ६४ लाख ६२ हजार ७७६ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement