Advertisement

२४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि, ५९ जनाको मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८ सय ७४ र ५ हजार ३ सय ३७ जनाको एन्टिजेन परीक्षणमा ८ सय ७५ जना गरी ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । सोही अवधिमा ५९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

योसँगै हालसम्म नेपालमा ५ लाख १५ हजार ५ सय ९१ जनाले कोरोनालाई जितेका छन् । कोरोनाकै कारण ८ हजार २ सय ३८ को ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ६ सय १६ जना क्वारेन्टिनमा रहेका छन् भने ७७ हजार ८ सय ५८ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement