Advertisement

२४ घण्टामा थप २ हजार १६९ जनालाई कोरोना पुष्टि, २२ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५३० पीसीआर र ३ हजार ८८७ जनाको एन्टीजेन गरी १० हजार ४१७ जनाकाे परीक्षण भएकाे छ  ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार २५७ पुगेको छ ।

जसमध्ये ६ लाख १८ हजार ३६१ जना निको भएका छन् भने ९ हजार ३६२ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement