शंखमुल रुटका टेम्पो चालकलाई काेराेना संक्रमण

पढ्न लाग्ने समय : मिनेट

काठमाडौं । काठमाडौं उपत्यकामा सफा टेम्पो चालकलाई कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ ।

चार दिनअघि मात्र काठमाडौं उपत्यका आइपुगेका ती चालकमा काेराेना देखिएकाे हाे । काठमाडाैं आइपुगेर उनले लगातार तीन दिन शंखमुल रुटमा टेम्पो समेत  चलाएका थिए ।

शनिबार उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाैं भित्रिने क्रममा नाकामा उनकाे स्वाब संकलन गरिएकाे थियाे ।  संक्रमण पुष्टि भएको खबर आउँदा उनी ट्याम्पो चार्जिङ स्टेशनमा थिए । उनलाई आइसोलेसन सेन्टरमा लगिएकाे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी दिनुभयाे ।