Advertisiment

एकैदिन २०२० लाई कोरोना संक्रमण, अहिलेसम्मकै उच्च


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा ८५९ सहित देशभर २०२०  जनामा कोरोना पुष्टि भएकाे जानकारी दिनुभएको हो ।

शुक्रबार उपत्यकामा थप ८५९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौमा ६९८ , ललितपुरमा ७९ र भक्तपुर ८२ जनामा कोरोना देखिएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ६९३जना पुगेको छ ।

जसमध्ये ४३ हजार ८२० उपचारपछि निको भएका छन् । पछिल्लो २४ घन्टामा थप ८७१ जना डिस्चार्ज भए ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ छ । २४ घण्टामा ११ हजार ४५८ सय जनाको पिसिआर परीक्षण भएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment