Advertisiment

शनिबार १ हजार २०४ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै ७११ जना


काठमाडौं । आज काठमाडौं उपत्यकामा ७११ जना सहित नेपालभर थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२०४ जनामा संक्रमण देखिएकाे जानकारी दिनुभएको हो ।

काठमाडौंमा ५७० ललितपुरका ५८ र भक्तपुरका ८३ जनालाई कोरोना पुष्टि भएको छ ।

याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ८९७ जना पुगेको छ ।

संक्रमितमध्ये ४५ हजार २६७ उपचारपछि निको भएका छन् । पछिल्लो २४ घन्टामा थप १ हजार ४४७ जना डिस्चार्ज भएका छन् ।

२४ घण्टामा १० हजार ३३३ सय जनाको पिसिआर परीक्षण भएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment