Advertisiment

कुखुराकाे मासुमा काेराेना भाइरसः उपभाेक्तामा कस्ताे असर ?


बेइजिङ: कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ। अधिकारीहरूका अनुसार, ब्राजिलबाट चीनको शेन्जेन प्रान्तमा आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको छ ।

विदेशबाट इम्पाेर्ट गरिएकाे खाद्यवस्तुको स्क्रिनिङ गर्ने क्रममा बुधबार कुखुराको पखेटा (चिकेन विङ्स्) को पनि नमुना लिइएको थियो। सीएनएनका अनुसार शेन्जेन प्रान्तको लङ्गाङ जिल्लामा लिइएको उक्त नमुनामा कोरोना भाइरस भेटिएको हो। बिहीबार एक भनाइ जारी गर्दै क्षेत्रकाे नगरपालिकाले यसबारे जानकारी दिएको हो।

काेराेना भाइरस चिसाेमा धेरै समयसम्म बाँच्छ भन्ने प्रमाण चीनमा पहिले नै प्राणित भएकाे भए तापनि, याे मासु पकाएर खाँदा काेराेना सर्न सक्छ कि सक्दैन भन्ने सम्बन्धमा, विश्व स्वास्थ्य संगठनले खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम रहेको बताएको छ। हालसम्म कुनै पनि खाद्यवस्तुबाट कोरोना सरेको प्रमाण पाइएको छैन।

यसैबीच शेन्जेनका स्वास्थ्य अधिकारीले कुखुराको मासु आयातमा (इम्पाेर्टमा) संलग्न सबैको स्वास्थ्य परीक्षण गरिसकेको जनाउँदै, उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जारी गरेको भनाइमा उल्लेख छ।

साथै पखेटा भण्डारण गरेर राखेको स्थानलाई डिस्इन्फेक्सन तथा बेचिसकेकाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। अधिकारीहरूले ब्रान्डको नाम भने उल्लेख नगरेको जनाइएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment