Advertisement

आमीर खानमा कोरोना पोजेटिभ

स्टाफलाई टेस्ट गर्न र अत्यावश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन


एजेन्सी । बलिउड अभिनेता आमिर खानमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिए संगै आफूलाई होम क्वारेन्टाइनमा राख्नु भएको छ ।

आफुमा कोरोना देखेपछि आमिरले आफ्ना स्टाफलाई टेस्ट गर्न र अत्यावश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिनु भएको  बलिउड लाइफमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

बलिउडमा पछिल्लोपटक रणवीर कपूर, सञ्जय लीला भन्साली, मनोज वाजपेयी, सिद्धान्त चतुर्वेदी, तारा सुतारिया, सतिश कौशिक र अमित रविन्दरनाथ शर्मालाई कोरोना संक्रमण भइसकेको छ भने केही दिन अघि मात्र ‘भूल भुलैया २’ अभिनेता कार्तिक आर्यनलाई कोरोना संक्रमण भएको थियो ।

बलिउडमा कोरोना संक्रमणको पहिलो केस सन् २०२० को मार्चमा गायिका कनिका कपूरबाट सुरु भएको थियो । आमिरले स्वास्थ्य स्थिती राम्रो भएपछि मात्र फिल्म ‘लाल सिंह चड्डा’को बाँकी सुटिङ पुरा गर्नुहुने छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement