Advertisiment

पछिल्लो २४ घण्टामा २३२६ जना डिस्चार्ज, २९४२ लाई संक्रमण


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकामा १ हजार ६९८ सहित देशभर २ हजार ९४२ जनामा काेराेना पुष्टि भएकाे जानकारी दिनुभयो ।

यो सँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । जसमध्ये ९२ हजार १६६ निको भएका छन् ।

सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ । जसमा संस्थागत तर्फ १२ हजार ९३३ र होम आइसोलेसनमा २५ हजार ४३८ रहेको छ ।

यस्तै आज थपिएका संक्रमितमध्ये १ हजार ६९८ जना काठमाडौं उपत्यकाका छन् ।

काठमाडौंमा १ हजार ४६९ भक्तपुरमा ९९ र ललितपुरमा १३० जना नयाँ संक्रमित थपिए ।

यसैबीच आज २४ घण्टामा २ हजार ३२६ जना कोरोनामुक्त भएका छन् ।

यस्तै २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment