Advertisiment

३ हजार १ सय ६७ संक्रमित थपिए, १८ सय काेराेनामुक्त


काठमाडाैं । नेपालमा कोरोना भाइरसका ३ हजार १ सय ६७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप ३ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा थप १७४६ जनामा कोरोना देखिएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७२७ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार शनिबार थप १८ सय जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कोरोनालाई जित्नेको संख्या ८९ हजार ८ सय ४० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हाल देशभरि ३८,७३७ जनामा सक्रिय सङ्क्रमण छ ।

जसमध्ये १३ हजार २ सय ९९ जना संस्थागत आइसोलेशनमा र बाँकी २५ हजार ४ सय ३८ जना होम आइशोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment