Advertisiment

टाैदहका एक पुरूषमा काेराेना पुष्टि, दक्षिणकालीमा परिवार


काठमाडाैं । कीर्तिपुर नगरपालिका-६, टाैदहका एक पुरूषमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

कीर्तिपुर अस्पतालमा उपचारका लागि गएका ३८ वर्षीय पुरूषमा बुधबार स्वाब परीक्षणका क्रममा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

कीर्तिपुर नगरपालिका वडा नं ६ का अध्यक्ष न्हुछे बहादुर महर्जनले ती पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिनुभयाे ।

वडाध्यक्ष महर्जनले भन्नुभयाे, ‘ अन्दाजी ३८ वर्षीय ती पुरूष कीर्तिपुर अस्पतालमा उपचारकाे लागि गएकाे बेला काेराेना पाेजेटिभ देखिएकाे खबर आयाे ।’

उहाँका अनुसार ती संक्रमित पुरूषलाई एपेन्डिक्स भएकाे कारण उपचारका लागि अस्पताल लगिएकाे थियाे । ती पुरूष मधुमेहकाे विरामी पनि भएकाे बताइएकाे छ ।

अहिले उनकाे घर वरपरका क्षेत्र सिल गरिएकाे छ ।

वडामा संक्रमित भेटिएसँगै वडा नं ६ कार्यालयले काेराेनाकाे जाेखिम बढेकाे भन्दै वडाबासीलाई स्वास्थ्य सतर्कता रहन विशेष अनुराेध गरेकाे छ ।

वडा कार्यालयले बिहीबार विशेष सूचना जारी गर्दै भनेकाे छ, ‘काेराेना भाइरस हाल कीर्तीपुर नगरपालिका वढा नं ६ मा पनि देखा परेकाे हुँदा सम्पूर्ण वडाबासीहरू अत्यन्त साबधानी हुन जरूरी देखिन्छ । ‘

कार्यालयले अत्यावश्यक कामबाहेक घरबाट ननिस्किन समेत अपिल गरेकाे छ । विज्ञप्तिमा भनिएकाे छ, ‘ यस वडामा अवस्थित हाेटल, रेषटुरेन्ट, खाजाघर, सैलुन, ब्यूटिपार्लर, पार्क, मन्दिर एवं सम्पूर्ण जमघट हुने कार्यहरू बन्द गरीदिनु हुन हार्दिक अनुराेध गर्दछु ।’

संक्रमितकाे परिवार दक्षिणकाली नगरपालिकामा

काेराेना संक्रमण पुष्टि भएका पुरूष कीर्तिपुर नगरपालिका वडा नं ६ मा बस्ने गरे पनि उनकाे परिवारका सदस्य भने दक्षिणकाली नगरपालिकामा बसाेबास गर्दै आइरहेकाे बुझिएकाे छ ।

कीर्तिपुरले दक्षिणकाली नगरका सम्बन्धित वडा सदस्य मार्फत साे बारे जानकारी गराएकाे र आवश्यक सुरक्षा सतर्कता सहित थप कदम चाल्न अनुराेध गरेकाे बताइएकाे छ ।

दक्षिणकाली नगरपालिका-५, फर्पिङका एक पुरूषमा पनि गत शुक्रबार काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

कीर्तिपुर नगरपालिका-६ काे सूचनाः

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment