काठमाडाैंमा काेराेना संक्रमित संख्या बढ्दाे, शुक्रबार ३८ जना थपिए

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैं । शुक्रबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ जनालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणका क्रममा  काठमाडौंमा ३२ जना, लपिलतपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएकाे बताउनुभयाे ।

उपत्यकाका ३६ सहित देशभर २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।