Advertisiment

ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बीमा


काठमाडाैं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बीमा गरेको छ ।

एनओसीले नेपालमा भएका ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बीमा गरेको हो ।

एनओसीका उपाध्यक्ष चतुरानन्द राज बैद्यले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, साधारण सभा सदस्य, एनओसी कमिसनका सदस्य र सबै कर्मचारीको बीमा गरिएको जानकारी दिए ।

करिब ५० जना ओलम्पियन खेलाडी, एनओसीका पदाधिकारी र कर्मचारी गरी ८९ जनाको कोरोना बीमा गरिएको उपाध्यक्ष वैद्यले बताए ।

कोरोना भाइरसको महामारीलाई मध्ये नजर गर्दै एनओसीले उनीहरुको कोरोना बीमा गरेको हो ।

एनओसीको शनिबार बसेको बैठकले ओलम्पियनसहित पदाधिकारी र स्टाफको कोरोना बीमा गर्ने निर्णय गरेको थियो । एनओसीले सबैको १ लाख बराबरको कोरोना बीमा गरेको हो ।

एभरेस्ट इन्सुरेन्स कम्पनीबाट उनीहरुको बीमा गरिएको उपाध्यक्ष बैद्यले बताए ।

कोरोनाबाट गएको महिना एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठसहित अन्य ४ कर्मचारी संक्रमित भए । महासचिवसहित सबै कर्मचारी कोरोनाबाट मुक्त भईसकेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment