Advertisement

विश्वभरी काेराेना संक्रमितकाे संख्या ११ कराेड नाघ्याे


काठमाडाैं । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ११ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ४२ हजार १५१ जना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड २० हजार ९ सय १४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ७७ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख २८ हजार नाघेको छ ।

संक्रमितमध्ये ८ करोड ४८ लाखभन्दा बढी निको भएका छन् । उपचाररत २ करोड २७ लाख ५५ हजार ६ सय ७९ जनामध्ये ९७ हजार २ सय २८ को अवस्था गम्भिर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement