Advertisiment

दक्षिणकालीमा अर्का एक युवामा कोरोना पुष्टि, संक्रमित संख्या दुई


काठमाडाैं ।  दक्षिणकाली नगरपालिका-४, बाराहीटोलमा ३१ वर्षीय एक युवामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा काठमाडौं, बाराहीटोलका ती पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

स्रोतका अनुसार ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुगेका थिए । उनमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि कोरोनाको नमूना परीक्षण गरिएको थियो ।

दक्षिणकाली नगरपालिका-४ का वडाध्यक्ष पुष्कर खड्काले परीक्षणका क्रममा ती पुरूषमा काेराेना पोजेटिभ देखिएको पुष्टि गर्नुभयो ।

संक्रमित पुरूष हाल घरमै सेल्फ आइसाेलेसनमा रहेकाे ईलाका प्रहरी कार्यालय फर्पिङले जनाएकाे छ । उनकाे परिवारकाे भोलि(शनिबार) पीसीआर परीक्षण गर्ने तयारी भएकाे बुझिएकाे छ ।

प्रहरीका अनुसार संक्रमित पुरुषको घर र वरपरको क्षेत्र सिल गरिएको छ ।

यस्तै, स्थानीय प्रशासनले काेराेनाकाे जोखिम बढ्दै गएको भन्दै जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन सर्वसाधारणमा विशेष अनुराेध गरेको छ ।

गत शुक्रबार पनि  वडा नं ५ फर्पिङका एक पुरूषमा काेराेना पुष्टि भएको थियो । दक्षिणकाली नगरपालिकामा हलसम्म २ जनामा कोरोना संक्रमण देखिएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment