उच्च अदालतका न्यायाधीशमा कोरोना पुष्टि, श्रावण मसान्तसम्म निश्चित काम मात्रै

पढ्न लाग्ने समय : मिनेट

जनकपुरधाम । प्रदेश- २ मा थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताउनुभयाे ।

मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब संकलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयाे । यसअघि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

यता न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि निश्चित कामकारबाहीबाहेक अन्यकाम शुक्रबारदेखि ३१ गतेसम्म स्थगित गर्ने उच्च अदालतले निर्णय गरेको छ ।

अदालतले सूचनामा  जारी गर्दै भनेकाे छ, ‘उच्च अदालत जनकपुरका एकजना न्यायाधीशज्यूमा कोरोना पोजिटिभ देखिएको र अस्पतालका विज्ञ डाक्टरका अनुसार प्रदेशभर कोरोना संक्रमणको गति तिव्र रुपमा फैलिइरहेकोले उच्च अदालत जनकपुर, धनुषा जिल्ला अदालत, उच्च तथा जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँग भएको छलफलमा लकडाउनको अवधिमा गरिँदै आइएका निश्चित कामकारबाहीबाहेकका अन्य काम कारबाही शुक्रबारदेखि श्रावण मसान्तसम्म स्थगन गर्ने भनी सर्वोच्च अदालतमा अनुरोध गर्ने निर्णय भएको,’