Advertisiment

दक्षिणकालीकाे छैमलेमा भेटिए तेश्राे संक्रमित, खचाखच थियाे उनी चढेकाे ट्रक


काठमाडाैं । जागिरकाे सिलसिलामा काठमाडाैंकाे जडिबुटी बस्दै आएका दक्षिणकाली नगरपालिका-८, छैमलेका एक पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ३२ वर्षीय ती पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे वडा नं ८ का वडा सदस्य राजन आचार्यले जानकारी दिनुभयाे ।

जडिबुटीकाे एक खाद्यान्न स्टाेर्समा काम गर्दै आएका ती पुरूष बिहीबार मात्रै छैमलेस्थित आफ्नाे परिवार भेट्न घर पुगेका थिए । उनकाे आज(शुक्रबार) काेराेना रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे ।

स्रोतका अनुसार ती पुरुष सार्वजनिक बसमा चढेर फर्पिङसम्म पुगेका थिए भने त्यहाँबाट ट्रकमा चढेर घरसम्म गएका थिए । उनी चढेकाे ट्रकमा क्षमताभन्दा बढी यात्रु सवार थिए ।

संक्रमित पुरूष हाल घरमै सेल्फ आइसाेलेसनमा रहेकाे प्रहरी कार्यालयले जनाएकाे छ । उनकाे परिवारकाे पीसीआर परीक्षण गरिने र संक्रमित पुरुषको घर र वरपरको क्षेत्र सिल गरिएको प्रहरीकाे भनाइ छ ।

याेसँगै दक्षिणकाली नगरपालिकामा हलसम्म ३ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

काेराेनाकाे जाेखिम बढ्दै गएपछि शुक्रबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिको बैठकले साउन ३१ गते भोलि(शनिबार) बिहान १ बजेदेखि लागू हुने गरी भदाै ८ सम्म दक्षिणकाली नगर क्षेत्रमा लक डाउन गर्ने निर्णय गरेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment