काठमाडौंका ३१ सहित २४६ जनामा कोरोना पुष्टि, एकको मृत्यु

पढ्न लाग्ने समय : मिनेट

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जनालाई कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३१ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ सहित २४६ जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।

योसँगै कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । १११ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ । नेपालमा ५ हजार ६७२ जनामा काेरोनाकाे संक्रमण सक्रीय छ ।