कलम क्रान्ति । विगतलाई नियाल्दा देश अति गयगुज्रेको अवस्थामा थियो । राजनीतिक खिचातानी, खुट्टा तानातान, अविश्वासको मत, मध्यावधि चुनाव, दरबार हत्याकाण्ड, विदेशीको चलखेलमा थुप्रै खेलहरू नेपालले नहेकेो होइन ।
कुनै राजनीतिक पार्टी पनि गणतन्त्रको पक्षमा थिएनन् । एकले अर्काको कामलाई आलोचना मात्र गरेर आफूलाई प्रतिपक्ष भनेर चिनाउने तथा राज्यको ढुकुटीलाई विभिन्न बहानामा दोहन गरी देश कङ्गाल बनाउने खेल खेले । त्यति मा होइन, यस्ता भ्रष्टहरू राज्य सञ्चालनको मुख्य लाइनमा बसेका थिए, कि जसले आफ्नो घरको छतमा भएको पानी स्टोर गर्ने हिलटेङ्कमा २ हिलटेङ्क राज्यको भ्रष्टाचार गरेको पैसा लुकाएर राखेको भेटियाे ।

त्यस्तै भ्रष्टहरूले राजनीति गरेर दोहन गरिरहेको देशमा नाटकीय परिवर्तन ल्याउन भनी नेकपा माओवादीले युद्ध छेडिरहेको थियो । सरकार र तात्कालीन विद्रोहीहरूको धेरै संग्राम भयो, हजारौंको संख्यामा राज्यद्वारा बिनादोषीहरूलाई मारियो । लेखाजोखा भएकाचाहिँ अहिले दुवैपक्षबाट १७ हजारको कुरा गरिएको भए तापनि वास्तवमा सरकारका युनिफाइड कमाण्डले धेरै निर्दोष गाउँलेहरूलाई हठात आक्रमण गरी मारिएको कुरा बाहिर आउन सकेको छैन ।
यसबेला नेकपाकै कार्यकारी अध्यक्ष प्रचण्डमाथि केही पूर्व एमालेका कार्यकर्ता र पूर्व माओवादीका केही भ्रष्ट नेताहरूले पदलोलुपताको आरोप लगाएर आफू चोखिन खोजेको देख्दा समझशक्ति मन्द भएकाहरूले देश कसरी हाँक्लान् भन्ने पीर लाग्दो अवस्था छ । पद पाएपछि त्यही पार्टीको सिफारिसमा मन्त्री बनेकाहरू पनि अन्धो बन्दा रहेछन् ।
त्यही समयमा यदि कुनै व्यक्तिलाई अर्कोप्रति रिस उठेको भए, सुरक्षाकर्मीलाई गरिएको गलत रिपोर्टको कुनै अध्ययन नगरी सूट गरेर मारेको घटना भोग्नेहरूलाई ताजै छ । यही नरसंहारको बीचमा टाउकोको मूल्य तोक्नेहरू, शत्रूजस्तो भएर नामै लनि नचाहनेहरू अहिले राजनीतिक सहकर्मी भएर देशको बागडोर सम्हालेको देख्न पाउँदा ठीकै लागेको भए तापनि कार्यशैलीले सहकर्मी होइन, व्यक्तिगत राजनीतिक स्वार्थको लागि एकताको गफ दिएको हो रहेछ भन्ने स्पष्ट भइसकेको छ ।
अब गीतावाचक प्रधानमन्त्रीको जोक्समुखी कार्यशैलीले केवल आफू र आसेपासेलाई धनी बनाऔं पहिले भन्ने खालको सोच दयनीय छ । यस कार्यशैलीले देशको राजनीतिक छबी, साथै जनताको म्याण्डेट पूरा गर्न नसक्ने प्रष्ट छ ।
जिम्मेवारी कसले लिने ?
विभिन्न काण्डमा मुछिने, देश, जनता र पार्टी एकताको स्वार्थलाई लात हानेर निरंकुशतन्त्रीय हैकमवाद चलाउने प्रवृत्तिले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासलाई खिल्ली उडाएको छ, यसको जिम्मेवारी कसले लिने ?
यस परिप्रेक्ष्यमा फेसबुक वालका कथित राष्ट्रनायकले होइन, तर संयम् अपनाएर विधि र पद्धतिमा पार्टी हाँक्न साल्लाहसहित चुनौती दिने असल व्यक्तिले देश हाँक्न पार्टीको नीति र विधि पालन गरी देश र जनताको स्वार्थ पूरा गर्ने दर्शन भएको व्यक्ति जो छ, त्यसले सरकारको बागडोर सम्हाल्नु नितान्त जरूरी भइसकेको छ ।
सबैभन्दा पहिलो कुरा त, जसले समाजवाद र धर्मनिरपेक्ष, संघीय गणतान्त्रिक नेपालको पक्षमा उभिने आँटै गरेको थिएन, त्यसैले संघीय गणतान्त्रिक धर्मनिरपेक्ष देशको नेतृत्व गर्दा मालिकको काम कहिले जाला घाम मात्र भएको कुरा सबैले नकार्नुहुँदैन । यसबाट आगामी दिनहरूमा कस्ता नेताले देश हाँक्नुपर्ने रहेछ भनी शिक्षा लिनुपर्दछ ।
जे जो धर्मनिरपेक्ष र संघीय गणतान्त्रिक नेपालको नकाप लगाएर मात्र होमा हो भनी आफ्नो स्वार्थपूर्ति गर्न लागिपरेका छन्, तिनीहरूको सही पहिचान गरी सही व्यक्तिलाई देशको नेतृत्व दिँदा असल हुने स्पष्ट छ ।
कुरा आयो पार्टीभित्रको आन्तरिक बेमेलको । सबैभन्दा पहिलो कुरा त अन्तर, मतान्तर हुनु कुनै अस्वाभाविक होइन । तर एउटा जङ्गलमा दुईवटा सिंह नअटेको मात्र हो । हरेकले आफ्नो एरियामाथि राज्य गर्न सिंहले मन पराउँछन् । तर यहाँ सबै ठाउँमा एउटै सिंहले हात हाल्दा र जसले बुई चढाएर माथि पुर्यायो, त्यसमाथि लगाइएका अरोपहरूको जति खण्डन गरे पनि पुग्दैन ।
नेकपाले भविष्य खोज्ने हो भने दर्शनधारी, सिपालु र कर्मठ व्यक्तिलाई नेतृत्व गर्न दिएर पार्टी र देश जोगाउने प्रयास नगर्ने हो भने, अबको चुनावमा १६ दुना ८ मात्र हुने कुराको वास्तविकता ख्याल गरौं ।
दुई धारका कम्युनिष्टहरू (पूर्व एमाले राजासँग मिलेर दोस्रो राजा हुन सिकेको अनि पूर्व माओवादी जहानीयाँ राजाको कट्टर विरोधी, संघीय गणतान्त्रिक प्रशासन पद्धतिको प्रमुख प्रवर्तक) मिलेर काम गर्न कठिनाई त अपरिहार्य कुरा हो नै । यद्यपि कम्युनिष्टहरू यस्तो अवस्थामा पनि फुटिहालेको भन्न मिल्दैन, किनकि यिनीहरूको सुधारको बाटो नै क्रान्ति हो ।
तर पद्धतिलाई नेतृत्व गर्ने र पद्धतिभित्र बस्न नचाहनेले पहिलेजस्तै एकलौटी, सानो पार्टी चलाएर अथवा स्पष्ट रूपमा पार्टीलाई पुनः फुटाएर बाँचुन्जेल आफू र आफ्ना आशेपाशेहरूलाई समृद्ध बनाउने मनशायले अट्टेर गरेको सबैजसोको आङ्कलन छ ।
नेकपाकाे भविष्य
समग्रमा पूर्व एमाले पार्टीको कुरा होइन, तर वाइड बडी बिमान खरिद, सुरक्षण छापाखाना खरिद र सञ्चार मन्त्रीको भ्रष्टाचारसम्बन्धी अडियो टेप प्रकरण विभिन्न सेक्टरमा अपारदर्शी र प्रत्यक्ष संलग्न भएर गरेका अपारदर्शी कारोबार, सुन काण्ड, हत्याकाण्ड, चिनी तथा खाद्यवस्तु आयातमा घोटाला, कोरोना नियन्त्रणको लागि खरिद गरिएका सामाग्रीमा अपारदर्शीता इत्यादिमा प्रत्यक्ष रूपमा प्रधानमन्त्रीको संलग्नताले देशको सम्पत्ति लुटेर देश नाङ्गो बनाउने सपनामा डुबेको कुरा सबैलाई छर्लङ्गै छ ।
यसबेला नेकपाकै कार्यकारी अध्यक्ष प्रचण्डमाथि केही पूर्व एमालेका कार्यकर्ता र पूर्व माओवादीका केही भ्रष्ट नेताहरूले पदलोलुपताको आरोप लगाएर आफू चोखिन खोजेको देख्दा समझशक्ति मन्द भएकाहरूले देश कसरी हाँक्लान् भन्ने पीर लाग्दो अवस्था छ । पद पाएपछि त्यही पार्टीको सिफारिसमा मन्त्री बनेकाहरू पनि अन्धो बन्दा रहेछन् ।
पार्टी एकताको लागि सबैभन्दा बढी मूल्य चुकाएर, धर्मनिरपेक्ष, संघीय गणतन्त्रको सपना बुन्ने व्यक्ति प्रचण्ड र पूर्व नेकपा माओवादी नै हुन्, जसमा अहिले पार्टी पद्धति र नीतिमा चल्नुपर्छ भनी आवाज उठाउने अरु ४ नेताहरू पनि रहेको देख्न सकिन्छ । यसलाई पार्टीले अवसरको रूपमा स्वीकारेर पार्टीभित्रै नयाँ परिवर्तन ल्याउनु वाञ्छनीय देखिइरहेको छ ।
विगतका दिनहरूमा ओलीको पक्षबाट बचाउकोे लागि कोरोनाको कारण भएको लक डाउन तोडेर आन्दोलन गर्न दिनु र भ्रष्टाचारीलाई आश्रय दिएर आफू बच्ने उपाय खोज्नु तथा प्रचण्डको बुइमा भएका प्रधानमन्त्रीको शुभेच्छा पाएकाहरूले प्रचण्डकै खोइरो खन्नुले ओलीको नेकपा एकता प्रधानमन्त्री हुनको लागि मात्र नक्कली सहमति रहेछ भनी बुझिन्छ र अहिले तिनको कार्यशैली सुधारको लागि गरेको अपिलको कारण पार्टी फुटाउनेसम्मको धम्कीपूर्ण भाषा बोल्नुले तिनको नियत प्रष्ट पार्दछ ।
यसरी जननेता मदन भण्डारीको सपनालाई साकार पार्न होइन, आफ्ना आशेपाशे पाल्न मात्र प्रधान्मन्त्री भएको भनी मूल्याङ्कन गर्दा अतियुक्ति नहोला ।
नेकपाले भविष्य खोज्ने हो भने दर्शनधारी, सिपालु र कर्मठ व्यक्तिलाई नेतृत्व गर्न दिएर पार्टी र देश जोगाउने प्रयास नगर्ने हो भने, अबको चुनावमा १६ दुना ८ मात्र हुने कुराको वास्तविकता ख्याल गरौं ।
यी नाटकहरू हेर्दा कतै कम्युनिष्ट आन्दोलनको अवशानको सुरूवात त भएको होइन भनी तर्कवितर्क गर्नेहरू, शुभचिन्तकहरू थुप्रै छन् । साथै, पूर्व एमालेका जिम्मेवार मानिएका मानिसहरू दयालाग्दो अभिव्यक्तिले पनि यही पुष्टि गरेको जस्तो सबैको आङ्कलन छ ।