Advertisement

२० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता


लमजुङ । नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार आर्थिक वर्ष २०७२/२०७३ देखि २०७६/२०७७ अङ्गीकृत नागरिकता दिइएको हो । वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा आव २०७६/२०७७ मा पाँच, २०७५/२०७६ मा ६, २०७४/२०७५ मा तीन, २०७३/२०७४ दुई र २०७२/२०७३ मा चार जना रहेको जिप्रकाले जनाएको छ ।

संविधानमा वैवाहिक अङ्गीकृत र अङ्गीकृत गरी दुई प्रकारका अङ्गीकृत नागरिकता छ । एक प्रकारको जिप्रका र अर्काे गृह मन्त्रालयबाटै वितरण हुने जिप्रकाले जनाएको छ । नयाँ नगारिकता ऐन बनेपछि भने हालसम्म २०४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिप्रकाको तथ्याङ्क छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement