Advertisiment

क्रिश्चियानो रोनाल्डोलाई कोरोना संक्रमण


एजेन्सी । पोर्चुगलका फुटबल स्टार क्रिश्चियानो रोनाल्डोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

रोनाल्डोमा मंगलबार संक्रमण देखिएको जनाइएको छ । उनमा कुनै लक्षण भने नभएको पर्चुगिज फुटबल फेडरेसनले जनाएको छ ।

उनी हाल आइसोलेसनमा रहेका छन् ।

युभेन्टस क्लबसँग अनुबन्धमा रहेका रोनाल्डोले गत आइतबार आफ्नो मुलुक पोर्चुगलको तर्फबाट फ्रान्सविरुद्ध नेसन्स लिगमा खेलेका थिए ।

 

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment