Advertisiment

‘पाँच दिनको अवधीमा ९ लाख मानिसको कोरोना परीक्षण हुँदै’


एजेन्सी । चीनले आफ्ना देशका विभिन्न ठुला शहर मध्ये किंगदाओ शहरमा बसोबास गर्ने ९ लाख मानिसहरुको पाँच दिनको अवधीमा कोरोना परीक्षण गर्ने भएको छ ।

विषेशगरी विदेशबाट आएका कोरोनाभाइरसका बिरामीहरुको उपचारमा खटिएका स्वस्थकर्मीहरुमा अहिले कोरोना भाइरस देखिएको भन्दै चिनले बढी मात्रामा मानिसहरु ओहोरदोरोर गर्ने शहरहरुमा परीक्षण गर्ने भएको बीबीसीले जनाएको छ ।

गत मे महिनामा चीनको वुहानमा बसोबास गर्ने सम्पूर्ण ११ करोड मानिसमा पनि चिन सरकारले परीक्षण गरेको थियो ।

यसरी ठूलो संख्यामा भाइरस देखिएका शहरहरुमा सम्पूर्ण मानिसमा परीक्षण गर्दा भाइरस नियन्त्रणमा ल्याउन आफ्नो देश सफल भएको चीनको दाबी छ ।

विश्वका अरु विभिन्न मलुकहरु अहिले पनि भाइरस नियन्त्रणका लागी विभिन्न उपायहरुको खोजीमा रहेका बेला चीनले यो नयाँ उपायको प्रयोग गरेको बीबीसीले उलेख्ख गेरेको छ ।

आज चिनले आफ्नो देशको राष्ट्रिय सञ्चारमार्फत यो नयाँ प्रयोगलाई ल्याउन लागेको भनी सर्वसाधारणलाई जानकारी गराएको हो

। विषेशगरी किंगदाओ शहरका अधिकारीहरुले गत मेमा वुहानमा भएको ठूलो मानवीय क्षेती जस्तो नहोस् भनि यस प्रयोगलाई अपनाएको बताएका छन् ।

अहिले उक्त शहरमा देखिएका बिरामीहरु सबै अस्पतालको सम्र्पकमा रहेकाहरु रहेको चीनको सरकारी संस्थाहरुले जनाएका छन् ।

अहिले चीनमा देखिएको भाइरस सूरुवातीमा देखिएको जस्तो कडा खालको नभए पनि कोरोनाभाइरस फेरी ठुलो संख्यामा फैलन सक्ने सम्भावना रहेकाले यसरी हरेक ठूला शहरहरुका मानिसमा परीक्षण गर्न लागिएको चीनले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment