चीनमा फेरी कोरोना संक्रमण बढ्याे, ३ महिनायताकै उच्च

पढ्न लाग्ने समय : मिनेट

एजेन्सी। कोरोना महामारी नियन्त्रणमा आइसकेको भनिएकाे चीनमा फेरी संक्रमण बढेको छ। राष्ट्रिय स्वास्थ्य विभागले बुधबार १०१ जना नयाँ व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएको छ ।

यो संख्या मध्य अप्रिलदेखिकै उच्च मानिएकाे छ । नयाँ संक्रमितमध्ये ८९ जना पश्चिमी क्षेत्र सिजियाङका रहेका अधिकारीहरूले जनाएका छन् ।

त्यहाँ समुदायमा परीक्षण चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनको युहानमा विश्वमा नै पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । अहिले विश्वभर महामारीको रुपमा फैलिएको छ ।

वर्ल्डओमिटरको पछिल्लो तथ्यांक अनुसार हालसम्म १ करोड ६९ लाख २४ हजार ४७ जनालाई कोरोना पुष्टि भएको भने ६ लाख ६४ हजार २०७ संक्रमितको मृत्यु भएको छ ।

चीनमा संक्रमितको संख्या ८४ हजार ६० पुगेको छ भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

केही समययता चीनको जनजीवन सामान्य बन्दै गएको थियो ।