Advertisement

शिक्षकद्वारा बालिकामाथि यौन दुर्व्यवहार, पक्राउ गरी अनुसन्धान हुँदै


कञ्चनपुर ।  १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ परेका छन् ।
यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-६ बिद्यानगर घर भएका महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङगानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनाबारे थप थप अनुसन्धान गरिरहेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement