Advertisiment

चलचित्र निर्देशक छेतन गुरुङको निधन


काठमाडौं । चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । ४२ वर्षीय गुरुङको बुधबार बिहान २ बजे काठमाडाैंको महाराजगञ्जस्थित मेट्रो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

लिभर समस्याका बिरामी गुरुङ सोमबार अस्पताल भर्ना भएका थिए ।

दिनेश राउत निर्देशित सन् २०१४ को चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र संवाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए ।  उनले सन् २०१५ को चलचित्र आभाषमा गीत लेख्नुका साथै एक गीतमा संगीत समेत दिएका छन् ।

चलचित्र क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए ।

छेतनले नै निर्देशन गरेको चलचित्र ‘प्रेमगीत ३’ कोरोना संक्रमण बढेसँगै भएको लकडाउनका कारण रिलिज हुन पाएन ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment