Advertisiment

चाैबीसे गाउँपालिका धनकुटामा नमुना कार्यकाे सुरूवात


सन्तोष रुचाल, धनकुटा । धनकुटाको चौबीसे गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार गरिब तथा विपन्न परिवारहरूलाई सोलार सिष्टम सहित विभिन्न सामग्रीहरू वितरण गरेको छ ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार चौबीसे गाउँपालिकाको वडा नं. ७ मौनाबुधुक र वडा नं. ५ बोधेका गरिब तथा विपन्न परिवारहरूलाई उक्त सामग्री वितरण गरेको हो ।

सो वडाका अति विपन्न परिवारका २३ घर परिवारलाई २३ थान सोलार, बिजुली बत्तीको लागि विद्युत मीटर बक्स २४ जनालाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउनुभयो । त्यस्तै गुणस्तरीय शिक्षा सुधार तथा नियमित अनुगमनको लागि माध्यमिक र आधारभूत ३ वटा विद्यालयमा सीसी क्यामेरा जडान गरिएको छ ।

गाउँपालिका अध्यक्ष सामाग्री वितरण गर्दै

रमाइलो कक्षा संचालनको लागि सो वडामा संचालनमा रहेका के.जी. र बाल कक्षाहरूमा १२ थान एलईडी टिभी जडान गरिएको छ भने कक्षा ६ देखि १२ सम्म अध्यायनरत छात्राहरूका लागि दुई हजार ८ सय वटा स्यानिटरी प्याड वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताउनुभयो । सो अभियान गाउँपालिकाका सबै वडामा संचालन गरिनेछ । चौबीसे गाउँपालिकामा ८ वटा वडाहरू रहेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment