चितवन । चितवन भरतपुर महानगरपालिका विभिन्न ठाउँका कृषक यतिबेला चैते धान रोप्न व्यस्त छन् । रत्ननगर, खैरहनी, राप्ती, कालिका र माडी नगरपालिकाका कृषी योग्य जमिनमा यतिखेर चैतेधानको रोपाई काम भैरहेको छ । यो समयमा विशेषगरी हर्दिनाथ–१, पिआर, चैते–५ लगायतका धान लगाइने गरिन्छ । उक्त जिल्लामा सात हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिन्छ । गत वर्ष ३९ हजार मेट्रिक टन धान उत्पादन भएको जमिनमा यस वर्ष १५ प्रतिशत चैतेधानको रोपाइँ सकिएको छ ।
फागुनको अन्तिम साताबाट सुरु भएको रोपाई चैतको तेस्रो सातासम्म हुने कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जानकारी दिनु भयो ।धान रोप्नका लागि खेताला नपाउने भए पछि अहिले धान रोपाइँमा कृषकले आधुनिक मेसिनको प्रयोग गरेका छन् । अघिल्लो वर्ष धानमा घाँटी मोरुवा रोगको समस्या देखिएपछि अहिले कृषकले धानको बीउ परिवर्तन गरेको कार्यालयका प्रमुख मेघनाथ तिवारीले जानकारी दिनुभयो ।

धान जेठको अन्तिम सातादेखि असारको पहिलो सातासम्म कृषकले थन्क्याइसक्छन् । रोपाईको लागी नहरमा पर्याप्त पानी नहुँदा समस्या भएकोले पछि कृषि आधुनिकीकरण परियोजनाले बछौलीमा १९, कुमरोजमा २८ र कठारमा तीनवटा मोटर अनुदानमा दिएका थिए । उक्त अनुदानको सहायताले पचास प्रतिशत धान रोप्ने काम भईरहेको छ ।