राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक छनोट खुल्ला प्रतिस्पर्धाबाटै

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले खुल्ला प्रतिस्पर्धाबाटै राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक छनोट गर्ने भएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि रिक्त पदपूर्ति गर्न क्यानले खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्न लागेको हो । नेपालको राष्ट्रिय क्रिकेट टोली लामो समयदेखि मुख्य प्रशिक्षक विहिन छ ।

क्यानले झण्डै ६ महिनादेखि मुख्य प्रशिक्षकको खोजी गर्दै आएको छ ।

क्यानले यसअघि भारतीय मुलका प्रशिक्षक लालचन्द राजपुतलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनाउने तयारी गरेको थियो ।

तर, अन्तिम समयमा लालचन्दले धोको दिएको भन्दै क्यानले खुल्ला दर्खास्त आह्वान गरेर प्रशिक्षक छनोट गर्ने लागेको हो ।

आईसीसी र एसीसीसंगको समन्व्यमा क्यानले अब खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्ने जानकारी दिएको छ ।