Advertisement

“मृतकका परिवारलाई आफ्ना प्रियहरूको अनुहार हेरेर बिदाइ गर्ने अधिकार प्राप्त हाेस्”


शान्त भण्डारी । हाल दिनदिनै एक सयभन्दा बढी कोरोना संक्रमितहरूको मृत्यु भइरहेको छ ।

केहि समयदेखि चिनेजानेका धेरै साथीभाईहरूले कोरोना संक्रमणका कारण ज्यान गुमेको समाचारले अति नै स्तब्ध छु ।

शान्त भण्डारी

त्यो भन्दा बढी अहिले विभिन्न सञ्चारका माध्यमबाट मृत्यु हुनेहरूलाई अन्तिम श्रद्धाञ्जली दिन जादा आफ्ना प्रियहरूको अनुहार हेर्न नपाई मृत शरीरलाई सुमसुमाएर बिदाइ गर्नु परेको देखेर मनमा साह्रै पीडा भइहेको छ ।

उहाँ आफै पनि होम आइसोलेसनमा बसेर कोरोनासँग संघर्ष गरिरहनु भएको थियो । तर जब उहाँको श्रीमानकाे मृत्यु भयो उहाँ अन्तिम बिदाइको लागि अक्सिजन सहित हस्पिटलमा आउनु भयो तर शव पुरै पोको पारेको कारण उहाँले अनुहार समेत देख्न नपाई बारम्बार लासलाई सुमसुमाएर अन्तिम बिदाइ गर्नुभयो ।

अनुहार हेरेरै अन्तिम बिदाइ गरिएका आफन्त र साथीहरूले संसार छाडे कै हुन् त भनेर विश्वास गर्न निकै गाह्रो हुन्छ तर अन्तिम पटक अनुहार नै नहेरी बिदाइ गर्नुपर्दा कति गाह्रो हुन्छ त्यो सजिलै अनुमान लगाउन सकिन्छ ।

मैले गत हप्ता एक जना महिलाले कोरोना संक्रमणका कारण मृत्यु भएको आफ्नो श्रीमानलाई बिदाइ गरेको भिडियाे अनलाइन बाट हेरेँ जसलाई म नजिकबाट चिन्दछु ।

नेपालमा प्याक गरिएकाे काेराेना संक्रमितकाे शव जासमा मृतककाे अनुहार देखिदैन

 उहाँ आफै पनि होम आइसोलेसनमा बसेर कोरोनासँग संघर्ष गरिरहनु भएको थियो ।

तर जब उहाँको श्रीमानकाे मृत्यु भयो उहाँ अन्तिम बिदाइको लागि अक्सिजन सहित हस्पिटलमा आउनु भयो तर शव पुरै पोको पारेको कारण उहाँले अनुहार समेत देख्न नपाई बारम्बार लाशलाई सुमसुमाएर अन्तिम बिदाइ गर्नुभयो ।

म पनि अनलाइनबाटै भएपनि अन्तिम पटक अनुहार हेरेर दुरबाटै भएपनि बिदाइ गर्छु भनेर सोचिरहेको थिएँ तर त्यो अवसर मिलेन ।

मैले हालसालै कोरोनाको कारण मृत्यु भएको एक भारतीय नागरिकको भिडियो हेरेको थिएँ जसमा उनका परिवारका सदस्यहरूले अन्तिम श्रद्धाञ्जली चढाइरहेका थिए ।

तर त्यो शवको मुहार देख्न सकिन्थ्यो किनकि मुख देखिने गरी त्यो शव प्याक गर्ने ब्यागमा प्लाष्टिक प्रयोग गरिएको थियो ।

भारतमा अनुहार प्रष्ट देखिने गरी प्याक गरिएकाे काेराेना संक्रमितकाे शव

हाम्रो सरकार पनि यति कुरामा त संवेदनशील हुनुपर्ने होइन र ?

हुन त सरकारलाई जनताको यति गहिरो भावना बुझ्ने फुर्सद नै कहाँ होला र ?

किनकी सरकार आफ्नै राजनीतिक खिचातानीमा व्यस्त छ ।

यस विषयलाई सम्बन्धित निकायसम्म पुर्याएर कमसेकम अन्तिम बिदाइमा मृतकका परिवारलाई आफ्ना प्रियहरूको अनुहार हेरेर बिदाइ दिन पाउने अधिकार प्राप्त गर्न सहायता गरौँ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement