Advertisement

सरकार र विप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर, तीनबुँदे सहमतिमा के छ ?

सरकारका मन्त्रीहरु र विप्लव समूहका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता


काठमाडौं । नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार(आज) राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गर्नुभएको हो ।

सहमतिमा देशको राजनीतिक समस्याहरु दुवै पक्षले वार्ता र संवादबाट समाधान गर्न सहमत भएको, नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएका छन् ।

सहमतिका तीन बुँदा :

१. दुबै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने सहमत।

२. विप्लव नेतृत्वको नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत।

३. नेपाल सरकार विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाउन र कार्यकर्तामा रिहाइ र सबै मुद्दा खारेज गर्न सहमत।

हस्ताक्षर समारोहमा सरकारका मन्त्रीहरु र विप्लव समूहका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement