Advertisement

इजरायलको १३ औं प्रधानमन्त्रीमा बेन्नेट, नेतान्याहू बाहिरिए


काठमाडाैं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू इजरायली प्रधानमन्त्री पदबाट पदमुक्त हुनुभएकाे छ । पछिल्लो १२ वर्षसम्म इजरायली प्रधानमन्त्रीको रूपमा रहनुभएकाे उहाँ संसदमा नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत आएसँगै पदबाट बाहिरिनु परेको हो ।

संसदमा नेतान्याहुको पक्षमा ५९ सांसदको समर्थन मिल्यो भने विपक्षी गठबन्धनका उम्मेदवारलाई ६० सांसदले मत दिए । तीव्र प्रतिस्पर्धाका कारण उहाँले अन्तिमसम्म पनि हार स्वीकार गर्नुभएकाे थिएन । अब उहाँ इजरायली संसदमा प्रतिपक्षी नेता एवं दक्षिणपन्थी लिकुड पार्टीको प्रमुखको रूपमा भने रहिरहनु हुनेछ ।

उल्लेखनीय कुरा यो छ कि नेतान्याहू सबैभन्दा लामो समय इजरायलको प्रधानमन्त्री बन्ने व्यक्ति बन्नुभएकाे छ । उहाँ पाँच पटक इजरायलको प्रधानमन्त्री निर्वाचित भएकाे थियाे । पहिलो पटक उहाँ १९९६ सालदेखि १९९९ सम्म प्रधानमन्त्री रहनुभयाे भने त्यसपछि २००९देखि अहिलेसम्म निरन्तर प्रधानमन्त्री बन्नुभएकाे थियाे ।

६० प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नफ्ताली बेन्नेट इजरायलको प्रधानमन्त्री बन्नुभएकाे छ ।

-बीबीसी

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement