Advertisement

चेतन घर्ती मगरको मौलिक सालैजो ‘बेलौती’ बजारमा (भिडियोसहित)


काठमाडौं । लोक तथा दोहोरी गायक चेतन घर्ती मगरको मौलिक सालैजो ‘बेलौती’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार घर्तीको अफिसियल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा बहुचर्चित लोक तथा दोहारी गायिका देबी घर्ती मगर र चेतनको स्वर रहेको छ । गीतको शब्द तथा लय सिर्जना गायक प्रसाद खप्तरी मगरले गरेका हुन् ।

गीतको भिडियोमा चर्चित नृत्यङ्गना आरुशी मगर र दिनेश थापाको बेजोड नृत्य रहेको छ ।

गायक घर्तीले निर्देशन गरेको भिडियोको छायाङ्कन सम्भु चालिसेले गरेका हुन् भने सम्पादन सुजन शाहीले गरेका हुन् ।

भिडियोमा ड्रेस डिजाइन मायावी फेसन वीथ कल्चरले गरेको छ ।

भिडियाे हेराैँः

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement