Advertisement

विश्वकै धेरै अर्बपतिको शहर बेइजिङ्ग

शेयर बजारले चिनियाँ धनाढ्यहरुलाई अर्बपतिको सूचिमा


एजेन्सी । चीनको राजधानी बेइजिङ्ग विश्वका सबैभन्दा धेरै अर्बपति भएको शहर बनेको म्यागजिनले जनाएको छ । हालै फोर्ब्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचि अनुसार बेइजिङ्गले अमेकिराको न्यूयोर्क सिटीलाई पछि पारेको हो ।

फोर्ब्सका अनुसार गत वर्ष बेइजिङ्गमा ३३ अर्बपति थपिए र अहिले कुल अर्बपतिको संख्या त्यहाँ १०० पुगेको छ । अमेरिकाको न्यूयोर्क शहरमा अर्बपतिको संख्या ९९ रहेको छ ।

विगत सात वर्षदेखि यहि शहर धनाढ्य अर्बपतिहरुको सूचिमा शीर्ष स्थानमा रहँदै आएको थियो । महामारीको समयमा प्रविधि क्षेत्रका व्यवसायहरु थप बिस्तार भए ।

यो क्रम चीन र अमेरिका दुवैमा देखिएको छ। कोरोना भाइरसको महामारीमाथि चीनले तीव्र गतिमा कायम गरेको नियन्त्रण, प्रविधि क्षेत्रमा चिनियाँ कम्पनीको बढ्दो वर्चश्व र शेयर बजारले चिनियाँ धनाढ्यहरुलाई अर्बपतिको सूचिमा थप्ने क्रम तीव्र भएको हो ।

यो वर्ष विश्वभरबाट अर्बपतिको सूचिमा कीर्तिमानी ४९३ जना थपिए । फोर्ब्सका अनुसार रहेक १७ घण्टामा एक अर्बपति विश्वले पाएको छ । अर्बपतिको संख्या धेरै भए पनि ती अर्बपतिहरुको कुल सम्पतीमा भने न्यूयोर्क नै अघि छ ।

न्यूयोर्कका अर्बपतिहरुको कुल सम्पती बेइजिङ्गका १०० अर्बपतिको भन्दा ८० बिलियन अमेरिकी डलर बढि छ । बेइजिङ्गका सबैभन्दा धनी व्यक्ति झ्याङ्ग यिमिङ्ग हुन् । उहाँ टिकटकका संस्थापक समेत हुन् ।

बाइटडान्सका प्रमुख कार्यकारी यिमिङ्गको कुल सम्पती ३५।६ बिलियन अमेरिकी डलर छ । न्यूयोर्कका धनी व्यक्ति पूर्व मेयर माइकल ब्लुमबर्गको कुल सम्पती ५९ बिलियन अमेरिकी डलर रहेको छ ।

 

 

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement