Advertisiment

धैर्यताले सिमा नाघ्याे, अब व्यवसाय खाेल्न पाउनुपर्छ : सौन्दर्य कला व्यवसायी


काठमाडाैं । सौन्दर्य कला ब्यवसाय संघले व्यवसाय खोल्न पाउनुपर्ने माग सहित काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।

बन्दाबन्दीको पालना गर्ने गराउने क्रममा व्यवसायीहरुको छाता संस्था सौन्दर्य कला व्यवसायी संघले समेत लामो समयसम्म सरकारलाई साथ दिदै आएपनि अब भने व्यवसाय खोल्न पाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो ।

करिब साढे पाँच महिनासम्म व्यवसाय बन्द गर्दै आईएको हुँदा हाल अधिकांश सौन्दर्य कला व्यवसायीहरु र यस व्यसायमा आश्रित श्रमिक वर्गलाई दैनिकी गुजार्न समेत मुश्किल परिरहेको संघको भनाई छ ।

स्वास्थ्य संकटसँगसंगै आर्थिक संकट समेत बढदै गईरहेको र व्यवसाय संचालन गर्न नपाउँदा ऋणको भारले उल्टो स्वरोजगारमुखी पेशा व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको नेपाल सौंन्दर्यकला ब्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले बताउनुभयो ।

लामो समय बन्द व्युटी पार्लर व्यसायलाई तत्काल सञ्चालन हुने गरि  मार्ग प्रशस्त गर्न उहाले आग्रह पनि गर्नुभयो ।

संघले यसअघि व्यवसाय खोल्न पाउनुपर्ने माग सहित काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक राज दाहाललाई ज्ञापन पत्र बुझाएो छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment