बार्यन लगातार आठौं पटककाे लिग उपाधि जित्न सफल

पढ्न लाग्ने समय : मिनेट

बुन्डेसलिगाको लिग उपाधि बार्यन म्युनिखले हात पारेको छ । बार्यनको यो लगातार आठौं पटकको जित हो

मंगलबार राति भएको खेलमा भरडाआ ब्रेमेनलाई १–० ले हराउँदै बार्यनले दुई खेल अगावै लिग उपाधि जित्न सफल भएको हो ।

खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।

बार्यनले तीन खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको बोरुसिया डर्टमण्डसंग १० अंकको स्पष्ट अग्रता कायम गरेको थियो ।

शीर्ष स्थानको बार्यनको ७६ अंक रहँदा दोस्रो स्थानको डर्टमण्डको ६६ अंक छ । यता, ब्रेमन २८ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।