Advertisement

बार्सिलोनाको पुनरागमन जित


काठमाडौं । बार्सिलोनाले कोपा डेल रे फुटबलमा पुनरागमन जित निकालेको छ । बुधबार राति भएको राउण्ड अफ ३२ को खेलमा बार्सिलोनाले पुनरागमन गर्दै लिनारेस डिपोर्टिभोलाई २-१ गोल अन्तरले हराएको छ ।

लिनारेसको मैदानमा एन्टोनियो लुइज डियाजले १९ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा बार्सिलोना खेल्न फर्कियो ।

खेलको ६३ औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६९ औं मिनेटमा फेरान जुट्ग्लाले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।

यस जितसँगै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ । लिनारेसविरुद्धको खेलबाट डानि अल्भेसले बार्सिलोनाका लागि डेब्यु समेत गरे ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement